तराना सांगीतिक साँझ–२०७५ चैत्र ९ गते हुने

पोखरा, १४ फागुन
तराना म्यूजिक सेन्टरले हरेक वर्ष आयोजना गर्दै आइरहेको “तराना सांगीतिक साँझ–२०७५” आगामी चैत्र ९ गते शनिबार हुने भएको छ । पोखराको सांगीतिक क्षेत्रको विकास तथा नयाँ कलाकारहरूको उत्थानमा विशेष योगदान दिँदै आएको तराना म्यूजिक सेन्टरले कार्यक्रमबाट बचत भएको रकमबाट गरिब तथा जेहेन्दार संगीत प्रशिक्षार्थीहरूलाई प्रशिक्षणको व्यवस्था गर्ने कार्यक्रम संयोजक एवं तराना म्यूजिकका प्रबन्ध निर्देशक श्रीमान थुलुङले जानकारी दिनुभयो ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराउँदै संयोजक थुलुङले कार्यक्रमबाट बचत भएको रकम तराना सांगीतिक कोषमा बचत गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमका अवसरमा अग्रज गायक वसन्त थकाली र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराकी प्रमुख करुणा राईलाई सम्मान गरिनेछ । कार्यक्रममा तराना म्यूजिक सेन्टरमा संगीत प्रशिक्षण लिइरहेका प्रशिक्षार्थी कलाकारहरूले आ–आफ्नो सांगीतिक प्रस्तुती राख्नेछन् ।
कार्यक्रम सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र कार्यक्रममा प्रवेशका लागि टिकट शुल्क २ सय रुपैयाँ राखिएको थुलुङले जानकारी दिनुभयो । थुलुङका अनुसार विगतका कार्यक्रमहरुबाट हालसम्म १ लाख ५५ हजार रुपैयाँ बचत भएको र सो रकम कोषमा राखिएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रम सम्पन्न गर्नका लागि तराना म्यूजिकका प्रबन्ध निर्देशक श्रीमान थुलुङको संयोजकत्वमा ९ उपसमिति एवं आयोजक समिति गठन गरिएको छ ।
जसमा प्रचारप्रसार उपसमिति संयोजकमा सजना बाँस्तोला, आर्थिक संयोजकमा कमला अर्याल, अतिथि सत्कारमा कमला थापा, सदस्यहरुमा ममिता राई, सोनिया खत्री, स्मृति राई, संगीता राई, स्वयंसेवक संयोजकमा ममता राई, सदस्यहरुमा सोना अधिकारी, सुशील गुरुङ, मोनिका खत्री, ज्योति नेपाली, मञ्च सजावट संयोजकमा हरि पुन, सदस्यहरुमा उमेश राई, श्रीमान थुलुङ, बलराम जीपी, दिपेश श्रेष्ठ, अमर थापा र सुरज थापा, प्रवेशद्वार संयोजकमा योगेश गौतम, सदस्यहरुमा दिनेश सुनार र सन्दीप राना, खाजा व्यवस्थापन संयोजकमा शान्ति राई, सदस्यहरुमा माया रोका, विनिता चाम्लिङ, ममिता राई र अनिश कुमार, संगीत संयोजकमा सूर्य गुरुङ र सदस्यहरुमा सुजन दुरा र अनिमेश नेपाली, मायाको चिनो व्यवस्थापन संयोजकमा दिलु पुन, सदस्यहरुमा किरण शर्मा, संगीता राई र स्मृति राई रहनुभएको छ । त्यस्तै, कार्यक्रमका सल्लाहकारहरुमा नवराज बराल, डीबी राई र लोकेन्द्र राई रहनुभएको छ ।

Advertisment