नीलिमा साँझमा ‘वान्स मोर’ कौरा

पोखरा, १३ पुस
नेपाल आइडल सिजन–२ की प्रतिस्पर्धी गायिका नीलिमा थापामगरको सम्मानमा शुक्रबार पोखरामा आयोजित “नीलिमा साँझ”मा नीलिमालाई एउटै कौरा गीत दुईचोटि गाउनु प¥यो । नीलिमाले “चञ्चले रैछ तिम्रो त्यो बानी” बोलको कौरा गीत गाउँदा दर्शकले हुटिङ गरेर “वान्स मोर”को नारा नै लगाए । त्यसपछि उनले कौरा गीत दुई चोटि गाउनु प¥यो ।


पहिलोपटक आयोजित आफ्नो एकल प्रस्तुतीको कार्यक्रममा नीलिमाले कौरासहित आठ वटा जति गीत गाइन् । सोही अवसरमा नीलिमालाई सहयोग समितिका तर्फबाट सम्मानपत्र र फूलमाला एवं खादाले सम्मान गरियो । गण्डकी प्रदेशकी सांसद् सावित्री रानाले नीलिमालाई सम्मान गर्नुभयो । एपीवान एचडी टेलिभिजनद्वारा आयोजित चर्चित रियालिटी शो “नेपाल आइडल सिजन–२”की प्रतियोगी नीलिमाले अडिसन राउण्डमा गोल्डेन माइक समेत जितेकी थिइन् ।


तमु ल्होसार पर्व एवं अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दीपा थापा र सरिता दानकुटीले रोचक नृत्य प्रस्तुत गरे । सो अवसरमा गण्डकी प्रदेशका सांसद् रानासहित विभिन्न संगीतकर्मी एवं सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नीलिमा साँझ सफल बनाउन सहयोग गर्ने विभिन्न सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
नीलिमा साँझ कार्यक्रमले आफूलाई अझै केही गर्ने प्रेरणा मिलेको बताउँदै नीलिमाले दर्शकहरुको मायाबाट आफू उत्साहित भएको बताइन् । नीलिमा थापामगर सहयोग समिति, पोखराका संयोजक विनित जोजिजूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चर्चित प्रस्तोता सुरज थापामगर र सजना तामाङ तथा कार्यक्रम संयोजक एवं समितिका महासचिव प्रेम थापामगरले स्वागत गर्नुभयो ।

Advertisment