“फेवा चौतारी” कार्यक्रमबाट संकलित ५० हजार मृगौला पीडितलाई हस्तान्तरण

पोखरा, ३ पुस
पोखराको फेवा टेलिभिजनको प्रस्तुतीमा फेवा चौतारी कार्यक्रमबाट ५० हजार ५० रुपैया आर्थिक संकलन भएको छ । संस्कृति बचाऔं अभियान अन्र्तगत टेलिभिजनको सो कार्यक्रम मार्फत संकलित उक्त रकम दुबै मृगौला पिडित रन्जना विकलाई सहयोग गरिएको छ ।
हालै पोखराको बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा भएको कार्यक्रमबाट संकलित उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेल, प्रवन्ध निर्देशक लिलबहादुर जिसीले मृगौला पीडित विकका आफन्त शंकर सुनारलाई हस्तान्तरण गर्नुभएको हो । गरिब परिवारकी विकको हाल काठमाण्डौंको सुमेरु हस्पिटलमा उपचार भइरहेको उनका आफन्त सुनारले जनाउनुभयो । टेलिभिजनले सांगीतिक कार्यक्रम मार्फत संकलन भएको उक्त रकम सहयोग गरेकोमा सुनारले फेवा टेलिभिजन सहित सहयोगी हात प्रति धन्यवाद दिदै उक्त सहयोगले विकको उपचारमा धेरै रहात हुने विश्वास व्यक्त गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बुडाले टेलिभिजले समाचार, मनोरन्जन मात्र नदिइ नेपालको गाँउ बस्तीमा पुगेर असाय तथा गरिब एवं विपन्न बर्गको हितमा सहयोग गर्दै आएकोमा धन्यवाद दिदै यस्तो अभियान जारी राख्न आग्रह गर्नुभयो । उहाँले आफु कास्कीमा रहदा शान्ति सुरक्षा र अमय चयन गराउन कटिवद्ध रहेको जनाउनुभयो । कास्कीको काहुँ डाँडाबाट सुरु भएको फेवा चौतारी कार्यक्रम पुर्वको ईलाम देखि पश्चिमको अर्घखाँचीसम्म पुगेको टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली मौलिक संस्कृती बचाउदै, हाम्रो अभियान हरेक गाँउ बस्तीमा पुग्ने लक्ष्यका साथ लागेका छौं, सवैको साथ र सहयोगले अनाथ तथा असायको क्षेत्रमा केहि सहयोग गर्न पाएका छौं । ”
कार्यक्रममा कलाकारहरु माया गुरुङ, सरिता सारु मगर, रामजी पौडेल, निश्चल दवाडी, श्रीमान थुलुङ, धनबहादुर गायक लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । उनिहरुले गित मार्फत रञ्जनालाई सहयोग गर्न अपिल गरेका थिए ।
फेवा टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार साँझ ९ बजे प्रशारण हुने कार्यक्रम फेवा चौतारीले संस्कृति संरक्षण संगसंगै सामाजिक कार्यमा पनि सक्रिय रहेको छ ।

Advertisment