संघीयता भनेको घरदैलोमा सरकार पुग्नु हो ः मन्त्री अजित

थम्मन थापा
बुर्तिबाङ, १८ मंसिर
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान “अजित”ले संघीयता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताउनुभएको छ ।
मंसिर ९ गते भएको आगलागी पीडितलाई आइतबार प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका–८, बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका हुन । हिजोको व्यवस्था ठिक नभएकोले सहिदको बलिदानीले आज सरकार खोज्न जिल्ला र केन्द्र धाउनु पर्ने बाध्यता हटेको मन्त्री अजितको भनाइ छ । मन्त्री अजितले सरकार र जनप्रतिनिधिलाई विकास र समृद्धिमा जनसमुदायलाई हातेमालो गर्न आग्रह गर्नुभयो । अहिले देश नयाकक संरचना र पद्वितीको अभ्यासमा छ विस्तारै विकास हुन्छ निराश नहुनुहोस् भन्दै जनतालाई ढुक्क रहन उहाँले आग्रह समेत गर्नुभयो ।
त्यस्तै, प्रदेश सांसद् चन्द्रबहादुर बुढा “सागर”ले ढोरपाटनलाई महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सालझण्डी ढोरपाटन सडकको छिट्टै स्तरोन्नति हुने बताउनुभयो । अग्नी पिडितहरुको दुखमा सहयात्री बन्न प्रदेश सरकार पिडितको आगनीमा उपस्थित भएको उहाँको भनाई छ । यो क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र रहेकोले यहाककका श्रोत र साधनको अधिकतम उपयोग गरि जनता र देशको समृद्विमा सरकार दृढ रहेको सांसद सागरले बताउनुभयो । प्रदेश सरकारले ढोरपाटन नवि गाउककका ३६ घरधुरी अग्नी पिडितलाई रु १० हजारका दरले नगद रु ३ लाख ६० हजार राहत प्रदान गरेको छ । उक्त रकम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान “अजित” र प्रदेश सांसद चन्द्रबहादुर बुढा “सागर”ले संयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।
राहत वितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रतिनिधि, ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का जनप्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी र पत्रकारलगायतको उपस्थिति रहेको थियो । राहत प्राप्त गरेपछि आफुहरु खुसी भएको अग्निपीडित डिलबहादुर विकले बताउनुभयो । त्यस्तै अर्का अग्नी पिडित केशमाया घर्तीले घर निर्माण, लत्ताकपडा एवं कृषिजन्य बिउबिजन उपलब्ध गराई सहयोग गरिदिन सरकार समक्ष अनुरोध गर्नुभयो । कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दे सुनारको अध्यक्षता, वडा नं ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीको स्वागत र इलाका प्रशासन कार्यालय बुर्तिबाङका शाखा अधिकृत नन्दराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisment