केन्पो खुकुरी मार्शल आर्टका अध्यक्ष पाण्डेलाई पोखरामा स्वागत

पोखरा, ११ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, गण्डकी प्रदेशले केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेलाई प्रदेश राजधानी पोखरामा स्वागत गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पाण्डेलाई संघका प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेश सांसद् इन्द्रधारा विष्टसहितका पदाधिकारी एवं सदस्यहरूले स्वागत गरेका हुन् ।


साथै, सो अवसरमा संघको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्जका रुपमा मनोनित प्रदेशकी प्रथम उपाध्यक्ष दिलु गुरुङ र केन्द्रीय सल्लाहकारमा मनोनित एवं स्थानीय पत्रकार नेपाल, काठमाडौंद्वारा मानवअधिकारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकोमा सम्मानित हुनुभएका संघका प्रदेश सल्लाहकार शिव खकुरेललाई बधाई ज्ञापनसहित सम्मान समेत गरिएको थियो ।


सो अवसरमा बोल्दै संघका केन्द्रीय अध्यक्ष पाण्डेले नेपालमा नयाँ खेलका रुपमा भित्रिएको केन्पो खुकुरी मार्शल आर्टको विकासका लागि संघ लागिपरेको बताउनुभयो । स्थापना भएको छोटो समयमै संघले संगठन विस्तार गर्न सफल भएको भन्दै अध्यक्ष पाण्डेले अब खेलको विकासका लागि प्रशिक्षणहरू सञ्चालन गर्दै अघि बढ्ने बताउनुभयो ।
संघका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव रूद्रबहादुर श्रीसले गर्नुभएको थियो ।

Advertisment