मगर पर्यटन समाजले पर्यटन व्यवसायीका लागि असार २४ गतेदेखि एक हप्ते तालिम सञ्चालन गर्ने

पोखरा, १४ असार
नेपाल मगर पर्यटन समाजले यही असार २४ गतेदेखि पर्यटन व्यवसायीहरूका लागि एक हप्ते आधारभूत व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । त्यस्तै, सोही अवसरमा टे«किड्ड गाइड (पथप्रदर्शक)हरूका लागि फोटोग्राफी तालिम समेत गरिने भएको छ ।
काठमाडौंको ठमेलस्थित समाजका निवर्तमान सचिव राजन थापाको इम्याजिन वेब सोलुशनको कार्यालयमा सो तालिम सञ्चालन हुने जनाइएको छ । तालिममा आधारभूत व्यवसायिक विषयमा समाजका वरिष्ठ सल्लाहकार एवं ताहाचल क्याम्पसका पूर्व प्राध्यापक, वरिष्ठ पर्यटन व्यवसायी महेन्द्रध्वज रानामगर र फोटोग्राफीसम्बन्धी युवा फोटोग्राफर विश्वास पुनले प्रशिक्षण दिने समाजका महासचिव जीवन थापामगरले जानकारी दिनुभयो ।
तालिममा सहभागी हुनका लागि २ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्ने समेत थापामगरले बताउनुभयो । त्यस्तै, समाजले अर्को महिनामा टिकेटिङसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

Advertisment