न्युयोर्क,अगस्ट ,२०।
यो आउने अगस्ट ३० शुक्रबार सॅाझ न्युयोर्कको म्यानह्याट्टन टर्मिनल ५ भेन्यूमा हुने ३ हजार क्षमता रहेको हलमा नेपालको एक मात्र ऐतिहासिक ब्याण्ड नेपथ्य ब्याण्डको सांगीतिक कन्सर्ट हेर्न दर्शकहरूले हाल सम्म ६०% टिकट खरिद गरिसकेका छन ।
अगस्ट १८ आईतबार साझ क्विन्स स्थित हिमालयन याक रेष्टुरेण्टमा भएको दोस्रो चरणको पत्रकार सम्मेलन कार्यक्रममा आयोजकले कार्यक्रमको योजना बारे बताउदै ६०% टिकट बिक्री भैसकेको जानकारी गराएका हुन् ।
कार्यक्रममा बोल्दै आयोजकद्वय ईसेन्स स्माईल्सकी संचालिका डा. सुलोचना गुरुंग र याक प्रोडक्सनकी संस्थापक सोमो डसेलले कार्यक्रमा अभिभावक वा परिवार सहित आउने १६ बर्ष भन्दा मुनिकालाई निशुल्क प्रबेशको ब्यवस्था गरिएको जानकारी गराउनुभयो।
कन्सर्टमा नेपाली खानाको पनि परिकार रहने भएकोले स्वादिष्ट नेपाली खानाको लागी बाजेको सेकुवाले ब्यवस्थापनको जिम्मा लिदै खाना स-शुल्क सेवा प्रदान गर्ने भएको छ भने न्यूयोर्कमा “नेपथ्य ब्यान्ड”ले एक दशक पछि सांगीतिक कन्सर्ट गर्दै छ ।