एआई र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आदिवासी जनजातीलाई निःशुल्क तालिम दिईने ! यसरी भर्नुहोस अनलाइन फारम !

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सामाजिक सञ्जाल प्रयोगबारेमा निःशुल्क सात दिने तालिम दिने भएको छ ।
प्रतिष्ठानका अनुसार तालिममा एआईको आधारभूत प्रयोग, सामाजिक सञ्जालको प्रभावकारी उपयोग, डिजिटल सामग्री (कन्टेन्ट) निर्माण तथा डिजिटल सीप विकाससँग सम्बन्धित विषय समेटिएकोछ । 
आदिवासी जनजाति समुदायका व्यक्तिहरूले मात्र सहभागिता हुन पाउने तालिम बिहीबार (३२ असार) देखि ६ साउनसम्म सञ्चालन हुनेछ ।

प्रतिष्ठानले इच्छुक आदिवासी जनजाति समुदायका व्यक्तिलाई बुधबार (३१ असार) राति १२ बजेभित्रमा अनलाइन फारम भरेर आवेदन दिन अनुरोध गरेको छ भने तालिम सम्बन्धि जानकारीको लागि सम्बन्धित ब्यक्तिको ह्वाट्स एप नम्बरमा फोन गरेर बुझ्न सकिनेछ – 9841339789, 9860438927 9851127147। 

Advertisment