बौद्ध प्रहरीद्वारा ठूलो मात्रामा गाजा नष्ट

काठमाडौं, ६ असार
महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंले ठूलो मात्रामा गाजा फडानी गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ स्थित मूलखर्कको २ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको ७० हजार बोट र ओख्रेनीको ३ सय रोपनी क्षेत्रफलमा फैलिएको १ लाख बोट गाजा बौद्ध प्रहरीले फडानी गरेको हो ।


बुधबार वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईको कमाण्डमा खटिएको १५१ जनाको टोलीले मूलखर्क र ओख्रेनीमा गाजा फडानी गरी नष्ट गरेको थियो । सो अवसरमा प्रहरी नायब उपरीक्षक राईसहित प्रहरी निरीक्षकद्वय कमल रजौरे र कुमार पण्डित समेत खटिनुभएको थियो ।
अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसको पूर्व सन्ध्यामा गाजा फडानी गरी नष्ट गरिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । दिवसका अवसरमा लागू औषधविरुद्धको अभियान बुधबारदेखि सुरु भएको र निरन्तर जारी रहने उहाँले बताउनुभयो । गाजा फडानीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध, २ नं. प्रहरी गण, लागू औषध नियन्त्रण इकाई कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको टोली मूलखर्क र ओख्रेनी पुगेको थियो ।

Advertisment