रूद्र श्रीसमगर
पोखरा, १३ जेठ
लोक तथा दोहोरी गायक कुमार पुन र गायिका शर्मिला गुरुङले पञ्चेबाजाको गीत बजारमा ल्याएका छन् । ‘नौमतीको धुन’ बोलको गीतको म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।
रमेश बिजीको लय तथा शब्दमा बजारमा आएको ‘नौमतीको धुन’ले समेत दर्शकको मन जित्न सफल भएको गायक कुमारको भनाइ छ । ‘यसअघिका मेरा गीतहरू दर्शक स्रोताहरूले निकै मन पराइदिनुभयो’, उनले भने, ‘यो गीतलाई पनि मन पराइदिनुभएको छ, अझै पनि माया गरिदिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’
गायक कुमारको यसअघि, सार्वजनिक भएको ‘माकुरी’, र ‘यानीमाया’ले चर्चा कमाएलगत्तै यो गीतको सार्वजनिक भएको हो । यस गीतमा सागर विरहीको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको छ । मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको म्यूजिक भिडियोमा कल्याण राना र दिलाशा गुरुङले अभिनय गरेका छन् ।
साई भिजन प्रालिको दृश्य निर्माण रहेको छ भने म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्ट, छायाड्ढन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् ।
कुमार र शर्मिलाले ल्याए ‘नौमतीको धुन’
१३ जेष्ठ २०७५, आईतवार
1191

Advertisment