होम स्विट होमले पोखरामा भित्र्यायो ‘एरो ब्रिक्स ब्लक’

पोखरा, २२ वैशाख । एरो ब्रिक्स कम्पनीद्वारा नेपालमा उत्पादित ‘एरो ब्रिक्स’ ब्राण्डका ब्लकको पोखरामा बिक्री शुरु भएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता होम स्वीट होमले एरो ब्रिक्सलाई पोखरामा भित्र्याएको हो । कुनैपनि आवासीय, औद्योगिक, व्यापारिक भवन तथा पर्खाल निर्माणका लागि ब्लक निकै उपयोगी रहेको होम स्विट होमका सञ्चालक सुजन जोशीले बताए ।

सस्तो मूल्य, समय र ज्यालाको बचत, थोरै सिमेन्ट तथा वालुवाको लागत लगायतका विशेषताले एरो ब्रिक्स ब्लक नेपालमा लोकप्रिय रहेको जोशीले बताए । ‘एउटा ब्लकको १ सय ४४ रुपैयाँ मात्र पर्छ,’ उनले भने, ‘पोखरा क्षेत्रमा यो ब्लकको माग उच्च हुने हामीले विश्वास लिएका छौं ।’

सिमेन्ट, वालुवा, लाइम, आल्मिना र पानीको मिश्रणबाट बनेको एरो ब्रिक्स ब्लक निकै विश्वासिलो रहेको कम्पनीलको दावी छ । अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा सुपथ मूल्यमा एरो ब्रिक्स ब्लक उपभोक्ता माझ पु¥याउन कम्पनी सफल भएको एरो ब्रिक्सका सेल्स एण्ड मार्केटिङ म्यानेजर गोबिन्द रिमालले बताए । ग्राहकको आवश्यकता अनुसारका साइजमा ब्लक उपलब्ध हुने उनले जानकारी दिए ।

‘एरो ब्रिक्स ब्लकहरु भवन निर्माणका लागि छिटो, छरितो र सजिलो हुन्छन्,’ रिमालले भने, ‘माटोबाट बनेको चलनचल्तीको ८¬–९ वटा इट्टा बराबर एउटा एरो ब्रिक्स ब्लक हुन्छ ।’ काट्न, ड्रिल गर्न सजिलो भएकाले बढी किफायती हुने तथा थोरै मात्र खेर जाने रिमाल बताउँछन् ।

हलुका वजन, वातावरणमैत्री, ध्वनी प्रतिरोधक, अग्नी प्रतिरोधक, ताप इन्सुलेसन, पानी प्रतिरोधक, भूकम्प प्रतिरोधक, दीगो निर्माण, पुन प्रयोग लगायतका विशेषता एरो ब्रिक्समा रहेको रिमालले बताए । कम्पनीले पूर्ण रुपमा स्वचालित जर्मन टेक्नोलोजीबाट ब्लक उत्पादन गर्छ । कम्पनीले दैनिक ४८० देखि ५०० क्युबिक मिटरको ब्लक तथा प्यानेल उत्पादन गर्ने क्षमता राख्छ । सन् २०१५ मा स्थापित कम्पनीको उत्पादन युनिट चितवनमा छ ।

Advertisment