माया गुरुङको चोखो माया बजारमा

पोखरा । नेपाली गीत सङ्गीतको क्षेत्रमा छोटो समयमा उत्कृष्ट गीतहरु प्स्किदै आएको थ्री स्टार मिडियाले यसपाली पुनः उत्तीकै मिठो सुगमा गीती एल्वम् अधुरोमा समाबेश चोखो मायाको भिडियो सार्वजनिक गरेको छ । चर्चित गायिका मिलन अमात्यको आवाजमा रहेको गीतमा नबिन रावलको सङ्गीत रहेको छ । त्यस्तै यसै गीतबाट माया गुरुङले नव गीतकारका रुपमा नेपाली सुगम सङ्गीतको क्षेत्रमा पाइला टेकेकी छन् ।

सन्देश, मिलन र श्रद्धाको शसक्त अभिनय रहेको गीतको छायङ्कन राजेन्द्र पलले गरेका छन् भने निर्देशन तथा सम्पादन राकेश दाहालको रहेको छ । गीतको प्रतिक्रिया निकै राम्रो आइरहेको छ । गीतकार गुरुङ भन्छिन् – गीत रेकर्डिङ गर्दा देखी छायङ्कन गर्दा सम्म सबै पक्षको मेहनत उत्तिकै रहेको हुनाले पनि गीत राम्रो बनेको हुनुपर्छ । अब प्रतिक्षा स्रोता तथा दर्शको प्रतिक्रियाको छ ।

 

Advertisment