जुन २८,न्युयोर्क,
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को वृहत आदिवासी जनजाती साँस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो।

कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनजाती आदिवासीहरुको लागी मात्र नभएर सम्पुर्ण उत्पिडित जातजाती र समुदायको समान हक र अधिकारको लागी उभिनु हो भन्ने कुरा फिप्ना बरिष्ठ उपाध्यक्ष पेमा लामाले बताउनु भयो ।

सो कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनिय योगदानको कदर गर्दै यही जुलाई ९ तारिकको दिनमा हुने आदिवासी जनजाति दिवस कार्यक्रममा पनि सबै जनजाति संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूले उपस्थिति जनाई कार्यक्रम सफल बनाउन फिप्ना अध्यक्ष तोरण गुरूङले आग्रह गर्नुभयो ।

कार्यक्रममालाई सफल बनाउन स्पोन्सर, स्वयंसेवक र फिप्नाका १८ सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रमको सन्चालन फिप्नाका महासचिब दिपक चौधरी र सचिव दाजिमा शेर्पाले गर्नुभएको थियो भने, कार्यक्रममा उपस्थित अतिथिहरूलाई क्षेत्रिय उपाध्यक्ष पूर्णबहादुर पाईजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल बनाउन आदिवासी जनजाति १८ वटा सदस्य संस्थाहरु, विभिन्न प्रायोजकहरु, स्वयम् सेवकहरु, फिप्ना कार्य समितिहरू र पत्रकार साथीहरुलाई हार्दीक धन्यावाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा अध्याक्ष तोरण गुरुङले गर्नु भएको थियो ।













