न्युयोर्कमा पहिलोपटक नौ वटा नेपाली सस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न ।

मार्च, २४ न्युयोर्क ,
अमेरिकाको न्युयोर्कमा पहिलोपटक ९ वटा नेपाली संघ सस्थाहरूको संयुुक्त सहकार्यमा आईतवार २३ तारिकमा आयोजना भएको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।

अमेरिकामा कर्मथलो बनाउदै आउनुभएका नेपालीहरूले स्थापना गरेका नेपाली समाजका समाजसेवी सस्थांहरू लायन्स क्लब क्विन्स बुद्ध, क्विन्स के.टि.एम लायन्स कल्ब, रोटरी क्लब न्युयोर्क क्विन्स, बागलुङ  सेवा समाज न्युयोर्क, गोर्खा सेवा समाज न्युयोर्क,  गुल्मी अमेरिकन मोडल मुभमेन्टस, जमाईका नेपाली सोसाइटी, तमु परिवार न्युयोर्क इन्क अमेरिका तथा  दिल कुमारी केसी मेमोरियल फाउन्डेसन न्यूयोर्क लगाएतका ९ वटा नेपाली संघ सस्थाहरूको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

न्यूयोर्कको व्यस्तता जीवन मा पनि समाज सेवीहरूको कमि छैन समाजमा काम गर्न अव एक्लै हैन जुटेर काम गरौ भन्ने भावना ले ओतप्रोत सस्थाहरूले पहिलो पटक रक्तदान गर्न प्रेरित मात्र  गरेनन ४९ पटक सम्म अरूको जीवन बचाउन आफ्नो रगत दान दिने दाताहरूको भेटधाट र रक्तदान गर्न उत्साहपूर्वक रूपमा जमधट गराएको देखिएको थियो ।

रक्तदान कार्यक्रममा समाजिक काम गर्न स्वयंसेवकका रूपमा विद्यार्थीहरूले सहयोग र आवश्यकता पर्ने ठाउमा दिनभर रक्तदाताको सहजिकरण गरेका थिए भने यो कार्यक्रममा धेरै संघ सस्थासगं जोडिएर काम गर्ने अवसर सृजना गर्ने काम लायन कृष्ण आचार्यले मिलाउनु भएको थियो । सो कार्यक्रममा बोल्दै तमू परिवार न्यूयोर्क की अध्यक्ष मनिता गुरूङले यसरी काम गर्दा अति आनन्द महशुश गरेको र आगामी दिनमा समेत मिलेर कार्यक्रम गर्न आफ्नो संस्था तयार रहेको बताउनु भयो। सबै संघसस्थाका प्रतिनिधिहरू उत्साहका साथ कार्यक्रमलाई सफल बनाउन आफ्नो पालोमा आई सुव्यवस्थित बनाउन खटिदा कार्यक्रम अत्यन्त व्यवस्थित देखिएको थियो।


रक्तदाताहरूको लागि न्यूयोर्क व्लड सेन्टरले व्यवस्था गरे अनुसार व्लड ड्राईभमा अनलाईन दर्ता पहिला नै अग्रीम आफ्नो नाम दर्ता गर्न सक्ने भए वमोजिम अनलाईन दर्ता -६० जना ले गर्नु भएके थियो सो मध्ये उपस्थिति भई रक्तदानका लागि आएका रक्तदाताहरू -४८ जना थिए भने रक्तदान ४१ जनाले मात्र दिन पाएका थिए भने अन्य ८ जना रजिष्टर रक्तदाता को  अग्रिम रक्तचाप, आईरन लेभल र ज्वरो जस्ता सामान्य कुराको परिक्षण जाँच गर्दा विविध कुरा नमिल्दा रक्तदान दिन नपाई फर्किनु परेको थियो।
भने अनलाईन दर्ता  बाट  -१२ जनाले समय मिलाउन नसकेका कारण उपस्थित हुन सकेका थिएनन । कुईन्स बुद्धक्लवका मेम्वरसिप चेयरपर्सन लायन पूर्णपाईजा मगरले रक्तदानलाई व्यवस्थित वनाउन समय तालिका साथै त्यस दिनको व्यवस्थापन अवश्यक सम्पूर्ण कागजात तयारी एवं रक्तदाताकालागि सर्टिफिकेट,कार्यक्रमको व्यानर, लगाएत सबै संघ सस्थावाट  गरिने सहयोगलाई र भोलेन्टिएरलाई समेत मेनेज गर्ने तालिका सहित आव्हान गरि कार्यक्रमलाई थप सिस्टमेटिक बनाउन र रक्तदाता र न्यूयोर्क व्लड ड्राईभका कर्मचारीलाई सजिलो बनाउन उत्कृष्ट मूमिका खेल्नुभएको थियो भने कार्यक्रममा बोल्दै समुहमा काम गर्दा सबैले आफ्नो जिम्ववारी बहन गर्दा अत्यन्त सजिलो हुने र सबैले आफैले बनाएको सिस्टमलाई फलो गरेकाले नै यतिको राम्रो र सुव्यवस्थित भएको बताउनुभयो ।

Advertisment