न्युयोर्कमा फिप्नाको “बृहत आदिवासी जनजाति सांस्कृतिक साँझ २०२५” हुदै !

जुन २१,न्युयोर्क ।
न्युयोर्कमा “बृहत आदिवासी जनजाति सांस्कृतिक साँझ २०२५” हुने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ (फिप्ना), अमेरिकाको आयोजनमा यही जुन महिनाको २७ तारिख शुक्रबार साँझ ६ बजेदेखि उडसाईडको गुलशन टेरेश हल सेन्टरमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

सबै आदिवासी जनजाति संस्थाहरूलाई समेटेर एकतावद्द रूपमा लान र आ-आफ्नो संस्कृतिलाई प्रवासमा पनि संरक्षण गर्न यस्तो कार्यक्रम प्रत्येक बर्ष गर्दै आईरहेको साथै सबै संस्थाहरू मिलेर हातेमालो गर्दै उत्साह सहित र उत्सवको रूपमा मनाई यो कार्यक्रमलाई सफल पार्न फिप्नाका अध्यक्ष तोरण गुरूङले आग्रह गर्दै लाफा खबरलाई बताउनु भयो ।
उक्त सांस्कृतिक साँझमा न्युयोर्कमा स्थापित नेपाली विभिन्न जनजाति जातीय संस्थाहरुको आफ्नो संस्कृति झल्किने जातीय भेषभुषा सहित नृत्य र लोकगीतको प्रस्तुति हुनेछ भने परम्परागत नेपाली खानाको परिकार सहित कार्यक्रम हेर्न सकिनेछ ।

सो कार्यक्रमका सहयोगी जातिय १८ वटा संस्थाहरू डोक्प्या किदुङ न्युयोर्क युएसए, ग्याल्सुम्दो सेवा संस्था युएसए, ह्योल्मो सोसाइटी अफ अमेरिका, जिरेल एसोसिएसन अफ अमेरिका, किरात राई सोसाइटी अफ  अमेरिका, किरात युक्थुङ चुम्लुङ अमेरिका, मगर एसोसिएसन युएसए, मनाङ एसोसिएसन युएसए, मुस्ताङ किदुङ्ग युएसए, नेवा गुठी न्युयोर्क, नुब्री एसोसिएसन युएसए, शेर्पा एसोसिएसन ईन युएसए, तामाङ सोसाइटी अफ नर्थ अमेरिका, द गुरूङ(तमु) सोसाइटी ईन्क युएसए, युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका, युनाइटेड मुगुम अर्गनाइजेसन, वालुङ्ग कम्युनिटी अफ नर्थ अमेरिका र थारूज एण्ड फ्रेण्डस एसोसिएसन युएसए रहेका छन ।

Advertisment