न्युयोर्कमा आदिवासी जनजाति आयोगका सदस्य रिना रानासँग मगर संघ अमेरिको अन्तरक्रिया कार्यक्रम सम्पन्न !

अप्रिल २० न्युयोर्क,
मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले नेपालबाट युनाईटेड नेशन प्रमानेण्ट फोरूम अफ ईन्डिजिनीयस(UNPFII) को कार्यक्रममा सहभागी हुन आउनुभएका आदिवासी जनजाति आयोगका सदस्य मा. श्रीमती रिना राना मगरसँग बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

मगर संघ अमेरिकाको कार्यालयमा राखिएको कार्यक्रममा बोल्दै ‘जनजातिहरूको र मगरहरूको भेषभुषा, भाषा, संस्कृतिको जगेर्ना गर्न हरेक ब्यक्तिको र समुदायको दायित्व रहेको हुदा प्रवासमा रहेर पनि मगर संघ अमेरिकाले गरेको कामको अतुलनीय योगदानबारे राना मगरले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, केन्द्रीय मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना, बरिष्ट उपाध्यक्ष दिपसागर बुढामगर, सचिव पूर्ण पाईजा मगर र मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव रत्नसिह गर्वुजा मगर, सह-सचिव दिलिप श्रीस मगर लगाएत संस्थाका पदाधिकारीहरूले स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर राना मगर मगरलाई सम्मान गर्नुभएको थियो ।

Advertisment