न्युयोर्कमा २०२५ नेपाल डे परेड हुदै, परेडको लागि कार्य समितिले पायो पुर्णरुप !

अप्रिल २१, न्युयोर्क
हरेक बर्षझै हुदै आएको नेपाल डे परेड यस बर्ष पनि आगामी मे १८ तारिकका दिन अमेरिकाको न्युयोर्क सहरमा ‘नेपाल डे परेड’ को आयोजना हुने भएको छ ।

गैरआवासीय नेपाली संघ न्युयोर्क च्याप्टर र न्युयोर्कमा रहेका विभिन्न नेपाली संघ संस्थाहरूको आयोजनामा हुन लागेको ‘नेपाल डे परेड’ न्युयोर्कको म्यानहाटनमा नेपाल र नेपालीको संस्कृति चिनाउने भब्य र्‍याली सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न गर्न लागिएको हो ।

कार्यक्रममा सहभागी हुन न्युयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई नेपाली संस्कृति झल्किने भेषभुषा सहित सहभागीताका लागि आयोजकले अनुरोध गरेको छ ।
नेपाल डे परेड २०२५ को लागि गरिएको स्टीयरिङ समिति बैठकमा अध्यक्ष छिरिङ शेर्पा, कन्भेनर मनिता गुरुङ, आर्थिक संयोजक कृष्ण आचार्यसहित सल्लाहकार, संयोजक र स्वयंसेवकहरूको उपस्थितिमा कार्यक्रमको लागि परेड व्यवस्थापन, मञ्च कार्यक्रम, सांस्कृतिक झाँकी, अतिथि स्वागत, ट्रक व्यवस्थापन र प्रचार-प्रसारसम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइएको जानकारी आयोजक टिमले दिएको छ। साथै, पूर्व कन्भेनर टंक रुवालीले २०० साना, १०० मध्यम र १० ठूला नेपाली झण्डा प्रायोजन गर्ने घोषणा पनि गर्नुभएको छ ।

अध्यक्ष छिरिङ शेर्पाले बैठकमा सबैलाई स्वागत गर्दै नेपाल डे परेड २०२५ लाई सम्पूर्ण नेपाली समुदायको गौरवमय चाडको रूपमा स्थापित गर्न सबैको साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
बैठकमा सहभागीहरूले परेडको तयारीलाई तीव्र पार्दै आगामी कार्यक्रमलाई भव्य, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता जनाएका छन् ।

Advertisment