गेमी तकसेरा समाज, अमेरिकाको अध्यक्षमा दिनेश बुढामगर

न्यूयोर्क, २० जुलाई
गेमी तकसेरा समाज, संयुक्त राज्य अमेरिकाको अध्यक्षमा दिनेश बुढामगर चयन हुनुभएको छ ।
सोमबार सम्पन्न समाजको दोस्रो अधिवेशनबाट अध्यक्षमा बुढामगर सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षद्वयमा वीरचक्र बुढामगर र अर्पणा बुढामगर, महासचिवमा मधुकर बुढामगर, सचिवमा सुसाङ बुढामगर, कोषाध्यक्षमा सुधार बुढामगर र सह–कोषाध्यक्षमा प्रेम बुढामगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा लोकप्रसाद बुढामगर, किरण बुढामगर, जोकबहादुर घर्तीमगर र शंकर पुनमगर चयन हुनुभएको छ ।

Advertisment