मगर संघ, अमेरिकाको आठौं राष्ट्रिय महाधिवेशनको तयारी

न्यूयोर्क, ३० जुन
मगर संघ, अमेरिकाको आठौं राष्ट्रिय महाधिवेशन आगामी जुलाई महिनाको ३१ तारिखमा हुने भएको छ ।
न्यूजर्सीमा आयोजना हुने महाधिवेशनको आवश्यक तयारी सुरु गरिएको अध्यक्ष कुलदीप रानामगरले जानकारी दिनुभयो । महाधिवेशनका अवसरमा संघको स्मारिका प्रकाशन समेत गरिने भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै मगर संघ, अमेरिकाको भावी नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गरी पारित गर्नेछ ।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने मगर समुदायको छाता संस्थाका रुपमा मगर संघ, अमेरिकाको स्थापना सन् २००४ मा भएको थियो । यसअघि, लाङ्घाली एशोसिएसन, अमेरिकाको रुपमा स्थापना भएको संघको नाम पछि परिवर्तन गरी मगर संघ, अमेरिका बनाइएको हो ।

Advertisment