मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरकाे रक्तदानमा ६५ युनिट रगत संकलन !

वीर घर्ती मगर, न्यूयाेर्क,
मार्च/२८/२०२१ ।
मगर संघ अमेरिकाको १८औ स्थापना दिवसको अवसरमा मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ ।

सामाजिक काममा अग्रणी स्थानमा रहेको मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरले कोरोना महामारीका कारण न्यूयाेर्कमा रगतको अभाव हुन नदिन न्यूयाेर्क ब्लड सेन्टरकाे प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हाे।

आईतवार भएको रक्तदान कार्यक्रमको  प्रमुख अतिथि नेपाल जनजाति महासंघ अमेरिकाका लाेक चेम्जोङले पहिलो रक्तदाता शर्मिला शाक्यलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
मगर संघले हरेक वर्ष आफ्नो १८औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्दै आएको भएतापनि यो पटक कोरोना महामारीका कारण रगतकाे कमी हुन नदिन यस्तो कार्यक्रमकाे आयाेजना गरिएकाे प्राईमरी ब्लड काेर्डिनेटर तथा मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष याम पुन मगरले बताउनुभयो ।

कोरोना महामारीको विशम परिस्थितीमा यस कार्यक्रमलाई सफल बनाउन निस्वार्थ भावनाले सहयाेग गर्नुहुने समाजका विभिन्न संघसंस्थाहरु प्राईम ट्याक्स, टिफिन ईण्डियन रेष्टुरेन्ट, न्यूयाेर्क लाईफ ईन्सुरेन्स, गाेर्खाली रेष्टुरेन्ट, हिमालयन करी हाउस, रेडपाण्डा रेष्टुरेन्ट, करी लिफ रेष्टुरेन्ट, न्यूयाेर्क काउन्सिल मेम्बर डिस्ट्रिक-२५ का यण्डी ई चेन, रविन बज्राचार्य र आफ्ना सदस्य, भाेलिएन्टर तथा सामाजिक ब्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद दिदै जस्तो परिस्थिती आएपनि आफुहरुले लिएको उद्देश्यलाई अगाडी वढाएर जाने र सामाजिक सेवामा सदैव अगाडी वढिरहने मगर संघ अमेरिकाका केन्द्रीय समिति अध्यक्ष कुलदिप राना मगरकाे भनाइ रहेको थियो ।

Advertisment