दानराज पन्त फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको कामु कार्यकारी

 

काठमाण्डौँ, १ साउन । लघुवित्त क्षेत्रमा करिब डेढ दशकदेखि क्रियाशील दानराज पन्त फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा नियुक्त हुनुभएको छ । यसअघि उहाँ सोही संस्थामा कार्यरत हुनुहुन्थ्यो । फस्र्ट माइक्रोफाइनान्सनले बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्व २३ करोड ऋण सापटी लिएर पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी ८० करोड छ ।

विएस्सी कृषिको अध्ययन पश्चात लघुवित्त क्षेत्रमा प्रवेश गरेका पन्त अर्थशास्त्रमा स्नतकोत्तर हुन । लमजुंगका पन्तसँग लघुवित्त क्षेत्रमा १७ वर्षको अनुभव छ । । विसं २०६८ मा छिमेक लघुवित्त विकास बैंकमा शाखा प्रबन्धकमा प्रवेश गरी पन्त अनुगमन प्रमुख तथा सहायक क्षेत्रीय प्रवन्धक लगायतका पदमा रही ६ वर्ष काम गरेर त्यहाँको व्यवस्थापन समितिको सदस्यको रुपमा नीति निर्देशिका लगायत रणनैतिक योजनामा सहभागी हुनुभएको थियो । मुक्तिनाथ विकास बैंकमा प्रबन्धक पदमा तीन वर्ष लघुवित्त विभाग प्रमुखको जिम्मेवारी सम्हालेर सो लघुवित्त बैकिङ्गको जग बसाली विकास बैंकलाई चर्चाको शिखरमा पुर्याउन उहाँको ठुलो योगदान रहेको छ ।

सो लघुवित्त कम्पनीको असार ३१ गतेको सञ्चालक समिति बैठकले पन्तलाई कम्पनी सचिवको समेत जिम्वेवारी यथावत रहने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त ग गरेको हो । फस्र्ट माइक्रोफाइनान्स “घ” वर्गको राष्ट्रिय स्तरकोे थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना भई २०६६ साल पौष २४ गतेदेखि कारोवार थालेको हो । यसले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था तथा ग्रामीण क्षेत्रमा कार्यरत समुदायमा आधारित भएर वचत तथा ऋणको कार्य गरिरहेका बचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारी संस्थालाई दिगो लघुवित्त सेवाका लागि थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

यसबाट थोक कर्जा लिई रहेका साझेदारी ऋणी संस्था १२० छन् । चितवनको भरतपुर र मोरगको उर्लाबारीमा दुई शाखा रहेको यसमा २१ कर्मचारी कार्यरत छन् । फस्र्ट माइक्रोफाइनान्सले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी विपन्न तथा न्यून आय भएका लक्षित वर्गको जीविकोपार्जनमा टेवा प्रदान गर्ने तथा जीवनस्तर उकास्न सहयोग पु¥याउने प्रमुख उद्देश्यका साथ कारोवार गर्दै आएको छ ।

पन्तले आफ्नो जिम्मेवारीसँगै संस्थालाई लघुवित्त क्षेत्रमा अझै बढी प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा सकिएपछि पन्त कामु हुनुभएको हो । भारत, श्रीलंका, थाईल्याण्डका माइक्रोफाइनान्स लघुवित्त संस्थाको अध्ययन भ्रमण गर्नु भएका पन्तले सिग्यापको फाइनिन्सीयल परफरमेन्स म्यानेजमेन्ट तालिम कोर्स, कोडि इन्सीच्यूट अफ जेभिएर फ्रान्सीज युनिभरसीटिको कम्युनिटि वेस्ड माईक्रोफाइनान्स फर फाइन्यिनसीयल इन्क्लुजन कोर्स र द माइक्रोफाइनान्स एसोसिएसन युकेको माइक्रोफाइनान्स सस्टेनेविलिटी म्यानेजमेन्ट अनलाईन तालिम लिनुभएको छ । लघुवित्तको अतिरिक्त युएनडीपी र अक्सफोर्ड युनिभरसीटिको डिजाइनिङ्ग मल्टीडायमेन्सनल पोभरर्टी इन्डेक्स अनलाइन कोर्स लिई त्यसको प्राविधिकको लिस्टमा रहनु भएको छ ।

Advertisment