काठमाडौं, २४ चैत्र
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिभिन्न राजनैतिक दलका नेताहरूसँग कोरोना भाइरस संक्रमणबारे टेलिफोन र्वाता गर्नुभएको छ ।
कोरोना भाइरसले देश र देशबासीमा निम्त्याएको संकट समाधानका लागि के कसो गर्न सकिन्छ भनेर केही नेताहरूसँग टेलिफोन वार्ता गरिएकोे जानकारी दिनुभएको छ । सभापति देउवाले पूर्व प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई एवं मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग वार्ता गर्नुभएको हो । देउवाले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको उल्लेख गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीहरूसँग कांग्रेस सभापति देउवाको टेलिफोन वार्ता
२४ चैत्र २०७६, सोमबार
1263
Advertisment