गलकोट समाज पोखराको शुभकामना आदानप्रदान तथा चियापान

पोखरा, १३ असोज
गलकोट समाज पोखराले नेपालीहरूको महान् चाड बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, गलकोट समाज पोखराका वरिष्ठ सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे (भाष्कर), सल्लाहकारहरू रामप्रसाद पाण्डे, बमबहादुर छन्त्याल, हिराबहादुर खत्री, रुपबहादुर थापा, रूद्रबहादुर श्रीस, प्रभु बैंक, नयाँसडक, पोखराका शाखा प्रबन्धक चेतनारायण गौतमलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा सहभागी गलकोटेहरूले एक आपसमा शुभकामना साटासाट गरेका थिए ।
गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पूर्वक खत्रीले सहजीकरण गर्नुभएको थियो ।

Advertisment