नेपाल छन्त्याल संघ, कास्कीको अध्यक्षमा सु. धनबहादुर भलञ्जा छन्त्याल

पोखरा, ६ भदौ
नेपाल छन्त्याल संघ, कास्कीको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सु. धनबहादुर भलञ्जा छन्त्याल सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा क्या. गोकर्ण घरब्जा छन्त्याल, सचिवमा दलमान घरब्जा छन्त्याल, सह–सचिवमा सु. सुमान घरब्जा छन्त्याल र कोषाध्यक्षमा भीमबहादुर तथब्जा छन्त्याल चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा भरदेवी (कल्पना) खड्का छन्त्याल, सु. टेकप्रसाद पुराने छन्त्याल, भरिमा खड्का छन्त्याल, क्या. लालबहादुर भलञ्जा छन्त्याल, यामकुमारी घरब्जा छन्त्याल, दिलकुमारी घ्याप्चन छन्त्याल, जगनारायण तथब्जा छन्त्याल, प्रेमप्रसाद भलञ्जा छन्त्याल, चन्द्रबहादुर झिङराजा छन्त्याल र गौमाया झिङराजा छन्त्याल रहनुभएको छ ।
साथै, नवनिर्वाचित कार्यसमितिले सल्लाहकारहरू समेत चयन गरेको छ । नवनियुक्त सल्लाहकारहरूमा भक्तबहादुर घरब्जा छन्त्याल, बमबहादुर घरब्जा छन्त्याल, लछुमान घरब्जा छन्त्याल, गोविन्द बुढाथोकी छन्त्याल, क्या. नन्दप्रसाद घरब्जा छन्त्याल, थमप्रकाश तथब्जा छन्त्याल र सु. फटबहादुर भलञ्जा छन्त्याल रहनुभएको छ ।

Advertisment