ओपन हाउसले ३१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने

पोखरा, ८ साउन
पोखराको चिप्लेढुंगामा विगत लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको ओपन हाउस रेष्ट्रो एण्ड लाउञ्ज बारले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा विविध सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
रेष्टुरेन्टले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन १० देखि ३२ गते सम्म वार्षिउत्सव कार्यक्रम रहने जानकारी गराएको हो । रेष्टुरेन्टका सञ्चालक सुरेश गुरुङले वार्षिकोत्सवका अवसरमा ओपन हाउसका संस्थापक विश्वशंकर पालिखेलाई सम्मान गरिने बताउनुभयो । उहाँका अनुसार हाउस ब्याण्डका साथमा हरेक शुक्रबार र शनिबार चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।
जसमा यही साउन १० गते शुक्रबार प्रयत्न श्रेष्ठ, साउन ११ गते शनिबार नीलिमा थापामगर, साउन १७ गते शुत्रबार लेकाली ब्याण्ड, साउन १८ गते शनिबार बिक्रम बराल, साउन २४ गते शुक्रबार देउराली ब्याण्ड, साउन २५ गते शनिबार गौतम गुरुङ र ब्रोसिस ब्याण्डका गायक प्रकाश राना, साउन ३१ गते शुक्रबार ड्यामेज ग्लीटर्स ब्याण्ड र साउन ३२ गते शनिबार धर्मेन्द्र सेवान एण्ड ब्याण्डको प्रस्तुती रहनेछ ।
सांगीतिक कार्यक्रम साँझ ७ः३० बजेबाट सुरु हुनेछ । वार्षिकउत्सवको अवसरमा ओपन हाउसले ग्राहकलाई १२ प्रतिशतसम्म खानाका परिकारमा छुटको व्यवस्था गरेको छ । विगत ४ वर्ष यतादेखि ओपन हाउसले ग्राहकले तिरेको बिलबाट रु २ रुपैया छुट्याएर समाजसेवामा खर्च गरेको गुरुङले जानकारी गराउनुभयो । वि.सं २०४५ मा स्थापित ओपन हाउसका नियमित कलाकारहरूमा सुनिल थापा, राजा मुखिया, मैपाल लामा, अजुदा थापा, अमित गुरुङ, दानबहादुर मगर, रजनी रिदम राई, सन्तोष बस्याल, प्रिया गुरुङ रहेका छन् ।

Advertisment