कर तिर्न सचेत गराउँदै एनसेल सेन्टर अगाडि क्रान्तिकारीको बोर्ड

पोखरा, १६ वैशाख
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), गण्डकी प्रदेशले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेललाई कर कहिले तिर्ने भन्दै प्रश्न गरेको छ ।
क्रान्तिकारीले सोमबार पोखराको सिर्जनाचोकस्थित एनसेल कार्यालय अगाडि साइनबोर्ड समेत राखेको छ । साइनबोर्डमा “एनसेल, कर कहिले तिर्ने ?” भन्दै प्रश्न गरिएको छ । साइनबोर्ड राखेपछि आयोजित कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव एवं गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले जसले बदमासी गरेको छ उसकै अगाडि साइनबोर्ड राखेर सचेत गराइएको बताउनुभयो ।

पोखराको सिर्जनाचोकस्थित एनसेल सेन्टर अगाडि साइनबोर्ड राख्दै क्रान्तिकारीका नेताहरू

“हामीले बहिष्कार ग¥यौं आ–आफ्नो ठाउँबाट, आह्वान ग¥यौं आ–आफ्नो ठाउँबाट”, विद्यार्थी नेता सापकोटाले भन्नुभयो, “याद गर, आज हामी बोर्ड टाँग्न तिम्रो नाकैमा आएका छौं, अझै पनि सुध्रिएनौ भने अबको कार्यक्रम सुखद हुने छैन ।” कार्यक्रममा अखिल (क्रान्तिकारी)को अनुगमन आयोगका अध्यक्ष अमरदीप पराजुली र केन्द्रीय सदस्य प्रेम रोकाको पनि उपस्थिति रहेको थियो ।

Advertisment