गोविन्द पुनको अर्को मौलिक कोसेली ‘घुम्टे साइँला’

पोखरा, १४ वैशाख
मौलिक गीतका सर्जक गोविन्द पुनले बागलुङको गलकोट क्षेत्रमा निकै प्रचलित मौलिक लोकभाका “घुम्टे साइँला” लिएर आएका छन् । “घुम्टे साइँला”, चण्डी पूर्णिमाका अवसरमा गलकोटको शिर मानिने घुम्टे लेकमा चढ्दा र झर्दा गाउने गरिन्छ ।
सर्जक पुनको लय तथा शब्द संकलन रहेको गीतमा नवीन राना, जुना श्रीस, गोविन्द पुन, जयलक्ष्मी पुन र करुणा पुनले स्वर दिएका छन् । गलकोटको पाण्डवखानी, सिद्धस्थान र घुम्टेमा छायाङ्कन गरिएको यस गीतको म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको हो । म्यूजिक भिडियोमा सर्जक गोविन्द पुन आफैं र करुणा पुनले अभिनय गरेका छन् ।
दानबहादुर श्रीसको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुन आफैंले गरेका हुन् । भूमिराज बलामी र दुर्गा राम्जाली प्राविधिक रहेको यस गीतको एरेञ्ज विश्वास नेपालले गरेका हुन् ।
पूरा भिडियोका लागि लिंक ः

Advertisment