गायक चन्द्र दर्लामीमगरलाई ‘बैना रुमाल’ दिनेको झल्को

पोखरा, १३ फागुन
लोक तथा दोहोरी गायक चन्द्र दर्लामीमगरले सालैजो गीत बजारमा ल्याएका छन् । एडिसन दर्लामीमगरको लय तथा शब्दमा गायक चन्द्रले सालैजो गीत “बैना रुमाल” बजारमा ल्याएका हुन् । गीतमा गायक चन्द्रलाई चर्चित लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले साथ दिएकी छिन् ।
साकुरा डिजिटल प्रालिको प्रस्तुती रहेको यस गीतको म्यूजिक भिडियोमा रामजी खाँड, प्रितम थापामगर, करिश्मा ढकाल र आरुषी मगरले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको म्यूजिक भिडियोमा करण चैसिरको छायांकन र प्रवीण भट्टको सम्पादन रहेको छ । दृश्य निर्माण भने बीपी फिल्मस् नेपालले गरेको हो ।
म्यूजिक भिडियो पूरा हेर्नका लागि लिंक:

Advertisment