समाजसेवी गुरुङको व्यक्तिगत लगानीमा मिलनपथको शिलान्यास

पातीचौर, ६ माघ
प्रायः मानिसहरू विकास, निर्माणका लागि सरकारकै मुख ताक्छन् । सरकारले यो गरेन र ऊ गरेन भनेर गुनासो गर्ने गरिन्छ । सरकारको मुख ताकेर मात्रै बस्नेका लागि एउटा गतिलो उदाहरण बन्नुभएको छ, हालः हङकङनिवासी पर्वतको मोदी गाउँपालिका–५, बाजुङका समाजसेवी दुर्गा गुरुङ “मिलन” ।
मिलन फाउण्डेशन नेपाल नामक सामाजिक संस्था स्थापना गरेर विभिन्न सामाजिक कार्यमा आफ्नो कमाइ खर्च गर्दै आएका समाजसेवी गुरुङले आफ्नो व्यक्तिगत लगानीमा निर्माण गर्न लागेको ११ मिटर चौडाइ र डेढ सय मिटर लामो मोटरवाटो “मिलनपथ”को शिलान्यास भएको छ ।
आफ्नै ४ लाख रुपैयाँको लगानीमा गाउँमा डेढ सय मिटर बाटो निर्माण गरेर परोपकारी कार्य गर्नुभएको छ । विकासका अन्य पूर्वाधारसँगै मोटरबाटोको पहुँचबाट टाढा रहेको उक्त गाउँमा समाजसेवी गुरुङको एक्लो प्रयासमा सडक निर्माण गरिएको हो । गाउँमा मोटरबाटो नहुँदा स्थानीयले सास्ती खेप्नुपरेकाले बाटो निर्माण गरिएको हो । समाजसेवी गुरुङले ज्यामिरे खोलादेखि चौतारासम्म जोड्ने मोटरबाटो निर्माण गरिएको हुन् । उक्त मोटरबाटोको नाम ‘मिलन पथ’ राखिएको छ ।
सो “मिलनपथ”को मिलन ट्रष्ट–२०७४ का संरक्षक सावित्रीकुमारी गुरुङले शिलान्यास गर्नुभयो । शिलान्यास गर्दै सावित्रीकुमारी गुरुङले मोटरबाटो निर्माणले स्थानीयलाई सहज हुने बताउनुभयो । ‘बर्खामा निकै समस्या हुने गथ्र्यो । गाईवस्तु हिँड्न पनि मुस्किल थियो । अब सहज हुनेभयो, गुरुङले भन्नुभयो, ‘समाजमा सेवामा छोराको लगाव देखेर निकै प्रसन्न उहाँले बताउनुभयो’ बाटो निर्माण भएपछि स्थानीयबासी हर्षित भएका छन् ।
बाटो निर्माणमा अगुवाई गरेका समाजसेवी दुर्गा गुरुङ “मिलन”ले बाटो निर्माणले स्थानीयलाई निके फाइदा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मोटरबाटो नहुँदा स्थानीयले वर्षेनी समस्या झेल्दै आएका थिए । स्थानीयको आग्रहमा मैले मोटरबाटो निर्माण गरेको हुँ ।’ मोटरबाटो निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने उहाँको विश्वास छ । ‘सानो काम गर्दा पनि सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न मैले मोटरबाटो निर्माण गरेको हुँ”, गुरुङले भन्नुभयो ।

Advertisment