प्रभु बैंक अमरसिंहचोक शाखाको सामाजिक उत्तरदायित्व कार्यक्रम

पोखरा, २८ मंसिर
प्रभु बैंक, अमरसिंहचोक शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कालिका पब्लिक कलेजमा बैंक एवं बैंकिड्ड कारोबारसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा व्यवस्थापन संकायका स्नातक प्रथम वर्षका विद्यार्थीहरूलाई बैंक, बैंकिङ कारोबार, परियोजनाको तयारी एवं परियोजना छनौटका विषयमा बैंकका शाखा प्रबन्धक चेतनारायण गौतमले जानकारी गराउनुभएको थियो ।
सो अवसरमा कालिका पब्लिक कलेजका प्रमुख ज्योतिबाबु पौडेल, प्रभु बैंक, अमरसिंहचोक शाखाका सम्बन्ध अधिकृत विनोद भुसालले पनि बोल्नुभएको थियो । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा कार्यक्रम गर्दै जाने शाखा प्रबन्धक गौतमले जानकारी दिनुभयो ।

Advertisment