भुजेल सेवा समाज कास्कीको बहुउद्देश्यीय भवन शिलान्यास

पोखरा, १२ मंसिर
पोखरा महानगरपालिका वडा नं १७, छोरेपाटनमा भुजेल सेवा समाजको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन एक बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भुजेल सेवा समिति कास्कीका अध्यक्ष पूर्णबहादुर भुजेलले जानकारी दिनुभएको छ । उक्त भवन लाई बिबाह, ब्रतबन्धलगायतका बिभिन्न कार्यक्रम संचालन गर्न मिल्ने गरी सुबिधा सम्पन्न बनाउने लक्ष्य राखिएको निर्माण समितिले जानकारी दिएको छ ।
कार्यक्रममा भुजेल सेवा समाजका केन्द्रीय अध्यक्ष लोकबहादुर भुजेल, पूर्व केन्द्रीय अध्यक्ष सूर्यबहादुर भुजेललगायतको उपस्थिति रहेको थियो ।

Advertisment