पोखरा, ३ मंसिर
तमुवान प्रदेशका आदिवासी जनजाति तमु समुदायको महान् सांस्कृतिक पर्व ल्होसार यस वर्ष महोत्सवका रुपमा मनाइने भएको छ ।
यस वर्षको फो (मृग) ल्होसार तमु प्ये ल्हु संघ केन्द्रीय समितिको अगुवाईमा पोखरामा बृहत महोत्सवको आयोजना गरि मनाउने पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । सामाजीक, साँस्कृतिक, आर्थिक, पर्यटकिय विकास र प्रवद्र्धन, धर्म संस्कृति प्रतिको सद्भाव, राष्ट्रिय पर्वको रुपमा मनाउन, संस्कार संस्कृतिको संरक्षण र प्रचारप्रसार, खेगी प्रशिक्षण केन्द्र स्थापना गर्न पौष १२ गते देखि १६ गते सम्म बृहत तमु फो ल्होसार मनाउन लागिएको तमु प्ये ल्हुँ संघका केन्द्रीय अध्यक्ष हितकाजी तमुले जानकारी दिनुभयो । तमु जातिको मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्दै आएको संस्थाले यस वर्षको ल्होसार राष्ट्रिय पर्वका रुपमा संस्थागत गर्न भव्यताका साथ मनाउन लागिएको अध्यक्ष तमुले बताउनुभयो ।
महोत्सव अन्र्तगत पौष १२ गते झाँकी सहितको ¥याली गरि पोखराको अमरसिंह चौरमा उद्घाटन कार्यक्रम हुने छ भने अन्य कार्यक्रम तमु प्ये ल्हु संघ शक्तिघाटमा हुने प्रचारप्रसार संयोजक बुद्धि तमुले जानकारी दिनुभयो । वर्षेनी ल्होसारलाई संस्था कै प्राङ्गणमा मनाउँदै आए पनि यस वर्ष देशभरका संस्थासँग आवद्ध तमुहरुको सहभागीतामा महोत्सवका रुपमा मनाउन लागिएको उहाँले बताउनुभयो । त्यसैगरी, पौष १३ गते खेगी गुरुहरुबाट प्रवचन, खेलकुद तथा राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम, कविता, मुक्तक वाचन, दोहोरी गीत प्रस्तुत, डकुमेन्ट्री एवम फोटो प्रर्दशनी, १४ गते रक्तदान, राती १२ बजे बोन फायर, पौष १५ गते छयोँपा त्हेँ, रिमे त्हेँ, ग्रह शान्ति, रुपा लगाउने, पित्रिको नाममा बत्ति बाल्ने र १६ गते मनोरञ्जनात्मक कार्यक्रम सहित महोत्सवको समापन गरिने जनाएको छ । महोत्सवमा विभिन्न तमु जातिको संस्कार, संस्कृति, परम्परता झल्कने स्टलहरु समेत रहने बताएको छ ।
विंस २०४७ सालमा स्थापना भएको तमु प्ये ल्हुँ संघले तमु जातिको मौलिक संस्कार, संस्कृतिको जगेर्ना र यसको महत्वको बारेमा जनमानसमा अवगत गराउनको लागि प्ये छ्या सम्बन्धमा अन्तरक्रिया, भेला, गोष्ठि, सम्मेलन गर्दै आएको छ । संस्थाको हाल १८ जिल्ला शाखा र ९ विदेश विभाग, महिला समिति, युवा समिति, पच्यु समिति, क्ल्हेप्री समिति, पैडी समिति, बोन्पो लम समितिहरु क्रियाशिल छन ।
विभिन्न उपसमिति गठन
तमु प्ये ल्हु संघले आयोजना गरेको बृहत तमु फो ल्होसार महोत्सव २०७५ का लागि संस्थाका केन्द्रीय अध्यक्ष हितकाजी तमु संयोजक रहेको महोत्सव मुल आयोजक समिति गठन गरेको छ ।
महोत्सवलाई सफल बनाउनका लागि महोत्सव मुल आयोजक समिति अन्र्तगत विभिन्न उपसमितिका संयोजकहरु समेत तोकिएको छ । जसमा अर्थ उपसमिति संयोजक कञ्चन तमु, प्रचार प्रसार संयोजक बृद्धि प्रसाद तमु, बोन फायर उपसमिति संयोजकमा क्याप्टेन इन्द्र बहादुर तमु, मञ्च व्यवस्थापनमा महेन्द्र तमु, यातायात उपसमिति संयोजकमा शेखर तमु, आवास तथा भोजन संयोजक उमबहादुर तमु, अतिथि सत्कार तथा बत्ति बाल्ने संयोजकमा तिल कुमारी तमु रहेका छन् । भने मञ्च सजावट संयोजकमा अनिता तमु, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजकमा शान्ति तमु, स्वयम सेवक तथा खेलकुद संयोजकमा शुक्रराज तमु, सरसफाई तर्फ भीमबहादुर तमु, सुरक्षा तथा पार्किङ्ग निम तमु, स्वास्थ्य उपसमिति संयोजक आइ बहादुर तमु, पूजा तथा रुपा संयोजक लोकबहादुर तमु, झाँकी तथा ¥याली संयोजक ओम तमुलाई तोकिएको छ ।
यसैगरी, शुभकामना आदानप्रदान तथा चियापान संयोजक हितकाजी तमु, विद्युत साउण्ड सिस्टम संयोजक बेनबहादुर तमु, अनुगमन उपसमिति हितकाजी तमु र पूर्वअध्यक्षहरु, छ्याँ ल्हु ताँ संयोजक पोमबहादुर तमु, मायाको चिनो तर्फ हर्क तमु लगायतलाई जिम्मेवारी तोकिएको जनाएको छ ।
पोखरामा बृहत तमु फो–ल्होसार महोत्सवको तयारी
३ मंसिर २०७५, सोमबार
1947
Advertisment