राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेशको शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा, २८ असोज
राष्ट्रिय लोक तथा दोेहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश तदर्थ समितिले बडा दशैं, तिहार, नेपाल सम्वत् ११३९ एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं प्रमुख संरक्षक प्रजापति पराजुली, पूर्व केन्द्रीय अध्यक्ष एवं संरक्षक पुरुषोत्तम न्यौपाने, गण्डकी प्रदेशका सांसद् इन्द्रधारा विष्ट, नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका संयोजक सूर्यप्रसाद ढकाल, प्रतिष्ठानका केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल, गण्डकी प्रदेश इञ्चार्ज तारापति सुवेदी, केन्द्रीय सदस्यद्वय जीवन दाहाल र घनश्याम रिजाल, सिटी रेबान, पोखराका अध्यक्ष दीपक तिमिल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठान, गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण परियारले गर्नुभएको थियो ।

Advertisment