पोखरा, २६ असोज
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालको निर्माणमा मगरात क्षेत्रमा प्रचलित मौलिक संस्कृतिको रुपमा मानिएको “कौरा” नाचको डकुमेण्ट्री फिल्मको पोष्ट प्रोडक्सन सकिएको छ । पोष्ट प्रोडक्सन सकिएसँगै छिटै प्रदर्शनमा आउने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो ।
ऐतिहासिक मगरात क्षेत्रका खासगरी, तनहुँ, नवलपरासी, पाल्पा, स्याङ्जालगायतका जिल्लामा नाचिने मौलिक कौरा नाचको संरक्षण र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणको उद्देश्यसहित “कौरा” डकुमेण्ट्री फिल्म निर्माण गरिएको अध्यक्ष आलेमगरले जानकारी दिनुभयो । विशेषतः मगर समुदायमा प्रचलित “कौरा” नाचको ऐतिहासिक पक्षलाई उजागर गर्ने प्रयाससँगै फिल्म शैलीमा डकुमेण्ट्री निर्माण गरिएको छ भने केही कथानक बनाउने प्रयास पनि गरिएको छ ।
“कौरा” नाचको उत्पत्तिस्थल मानिएको तनहुँ जिल्लामा यस डकुमेण्ट्री फिल्मको छायाङ्कन गरिएको छ । “कौरा” डकुमेण्ट्री फिल्ममा कलाकारहरू रविन्द्र थापामगर, सबिता रानामगर “नाना”, पदम थापामगर, पवन रानामगर, सरुना मगरलगायतले अभिनय गरेका छन् । यस डकुमेण्ट्री फिल्मको पहिलो प्रदर्शन तनहुँमै गर्ने तयारीमा रहेको अध्यक्ष आलेमगरको भनाइ छ ।
“कौरा” डकुमेण्ट्री फिल्मको पोष्ट प्रोडक्सन सकियो, छिटै प्रदर्शनमा आउने
२६ आश्विन २०७५, शुक्रबार
6751

Advertisment