गलकोट समाज पोखराको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

पोखरा, ७ असोज
गलकोट समाज पोखराको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष मीनबहादुर खत्री, उपाध्यक्ष खडकबहादुर थापा, महिला उपाध्यक्ष राधिका खत्री, सचिव पूर्वक खत्री, सह–सचिव कृष्णबहादुर खत्री र कोषाध्यक्ष क्या. पूर्णबहादुर खत्रीले पदस्थापनसँगै सपथ ग्रहण गर्नुभयो । त्यसैगरी, सदस्यहरू हर्कबहादुर पाण्डे, सु. हरिबहादुर भण्डारी, क्या. पूर्णबहादुर थापा, गंगा साहनी, मीना थापा, रामबहादुर खड्का र भेषबहादुर खत्रीले सपथ ग्रहण गर्नुभएको हो । निर्वाचन समिति संयोजक मोहन चन्द “राजन”ले पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको थियो ।
पदस्थापन र सपथ ग्रहणसँगै बसेको पहिलो बैठकले दुई जना आमन्त्रित सदस्यमा चेतबहादुर भण्डारी र रेशम निर्दोषलाई मनोनित गरेको छ । त्यसैगरी, वरिष्ठ सल्लाहकारहरूमा प्रा.डा. भवानीप्रसाद पाण्डे “भाष्कर”, मोहन चन्द “राजन” र निलप्रसाद श्रेष्ठलाई मनोनित गरेको सचिव पूर्वक खत्रीले जानकारी दिनुभयो । त्यस्तै, बैठकले सल्लाहकारहरूमा हिराबहादुर खत्री, बमबहादुर छन्त्याल, रामप्रसाद पाण्डे, रुपबहादुर थापा र रुद्रबहादुर श्रीसलाई मनोनित गरेको छ ।

Advertisment