भुजेल समाज पोखरा महानगरको रक्तदानमा २१ युनिट रगत संकलित

पोखरा, ३ असोज
भुजेल समाज सेवा समिति, पोखरा महानगर समितिको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा २१ युनिट रगत संकलन भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष लोकबहादुर भुजेलले पहिलो रक्तदाता केन्द्रीय सचिव विमल जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाजकी केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी भुजेलको पनि सहभागिता रहेको थियो ।
समाजको महानगर समिति अध्यक्ष रेशम जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं समाजका जिल्ला उपाध्यक्ष प्रेम भुजेलले गर्नुभएको थियो ।

Advertisment