वुमन एक्टको दुई दिने कार्यशाला सम्पन्न

पोखरा, २ असोज

वुमन एक्टको आयोजनामा सोमबारदेखि सुरु भएको नेपालको संविधानमा महिला समानताबारे दुई दिने समीक्षा कार्यशाला मंगलबार सम्पन्न भएको छ । कार्यशालामा इन्टरनेशनल आइडियाकी एसिया प्रशान्त क्षेत्रकी वरिष्ठ कार्यक्रम अधिकृत अमाण्डा क्याट्स बेरिल र वुमन एक्टकी कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले नेपालको संविधान २०७२, लैङ्गिक समानतासम्बन्धी बुझाइका बारेमा आ–आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा पोखराका विभिन्न अधिकारवादी संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

समापनका अवसरमा सहभागीहरूका तर्फबाट हुमबहादुर गुरुङ र भगवती पहारीले तालिम निकै उपलब्धीपूर्ण बनेको उल्लेख गर्नुभयो । कार्यशालामा संविधानमा उल्लेखित महिला समानताका प्रावधान र कार्यान्वयनका लागि गरिनुपर्ने कार्ययोजनाका बारेमा समूहगत रुपमा छलफल गरी निष्कर्ष निकालिएको थियो । सो अवसरमा पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले ग्रामीण क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्न सके मात्र महिला समानताको कुरालाई अघि बढाउन सकिने धारणा राख्नुभएको थियो ।

Advertisment