आदिवासी जनजाति युवा महासंघ तमुवान–मगरात प्रदेश संयोजकमा भुजेल

पोखरा, १९ साउन
आदिवासी जनजाति युवा महासंघ, नेपालको तमुवान–मगरात (गण्डकी) प्रदेशको प्रादेशिक भेलाबाट संयोजकमा तनहुँका मानबहादुर भुजेल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, प्रदेश सह–संयोजकमा ईश्वर रानामगर (तनहुँ), सचिवमा कुमार थापामगर (कास्की), सह–सचिवत्रयमा नवीन पुनमगर (पर्वत), बुद्धि गुरुङ (कास्की) र एक जना रिक्त, त्यस्तै, कोषाध्यक्षमा योगिता श्रेष्ठ चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा विरु दराई (तनहुँ), किशोर छन्त्याल (बागलुङ), गणेश गुरुङ (लमजुङ), खम थापामगर (म्याग्दी), देवी सोतीमगर (नवलपुर), लब्सन गुरुङ, मीन श्रेष्ठ, मनकुमार तामाङ, दिनेश रोकामगर, अनुज कुलुङ, तुलसी पुर्जामगर, राजन कुमाल, अर्जुन चौधरी, प्रेम बुढामगर चयन हुनुभएको छ भने गोरखा, स्याङ्जा, मनाङ र मुस्ताङबाट पछि मनोनित गरिने जनाइएको छ ।
शनिबार पोखरामा सम्पन्न भेलामा बोल्दै आदिवासी जनजाति युवा महासंघका अध्यक्ष जीएस गुरुङले जर्मनीमा हिटलरले लागू गरेको नाजीवाद नेपालमा लागू गर्न खोजिएको बताउनुभयो । ‘राज्य नश्लवादी छ, आदिवासी जनजातिलाई दमन गरेको छ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘नश्लवादको विरोध गर्नेहरूले नश्लवादकै पक्षपोषण गर्नु दुर्भाग्यको कुरा हो ।’
हिजो आदिवासी जनजातिको पहिचानका पक्षमा बोल्नेहरू आज विरोध गर्दै हिँडेको भन्दै गुरुङले अबको दश वर्षपछि आदिवासी जनजाति विद्रोह हुने दाबी गर्नुभयो । महासंघका पूर्व अध्यक्ष इन्द्रबहादुर गुरुङले आदिवासी जनजाति आन्दोलन विभाजित बनेको भन्दै अब एकीकृत गरेर सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।
आदिवासी जनजाति युवा महासंघ, नेपालका उपाध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा भएको भेलाको सञ्चालन उपमहासचिव सिद्धान्त थापामगर र मानबहादुर भुजेलले स्वागत गर्नुभएको थियो ।

Advertisment