मगर सांस्कृतिक संघले १५ औं स्थापना दिवस मनायो

काठमाडौं, १५ असार
नेपाल मगर सांस्कृतिक संघले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ ।
शुक्रबार संघका अध्यक्ष कविराज मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थानको महाप्रबन्धक राजेश थापामगर, संस्कृतिविद् डा. मीन श्रीसमगर, बंैकर्स व्यवसायी तथा सल्लाहकार कृष्ण मगर, समाजसेवी आशीर्वाद पुनमगर, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष कमल थापामगरलगायतको उपस्थिति रहेको थियो ।
संघका महासचिव बिलन थापामगरको सञ्चालन र सड्डठन सचिव नीर आलेमगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । असार १५ को दिन मगर रोस गुमस्ठाका नाममा संस्थाको स्थापना भएको थियो । संघका संस्थापक अध्यक्ष खड्ग गर्बुजामगर हुनुहुन्छ ।

Advertisment