न्युयोर्क । अमेरिकाको न्युयोर्कमा ‘वाक फर नेपाल’ च्यारिटी फेसन शो हुने भएको छ । फेसन शो कार्यक्रम वुडसाइड स्थित रहेको ‘द प्यालेस’ (The Palace) हलमा यही बिहीबार, अक्टोबर १५, २०२६ का दिन साँझ ७:०० बजे गर्न लागिएको हो ।
‘वाक फर नेपाल — टुगेदर वि क्यान मेक अ डिफरेन्स’ नारा दिइएको यस कार्यक्रमको उद्देश्य नेपालका बाढीपीडितहरूको सहयोगार्थ तथा पुनर्स्थापना र राहतका लागि आर्थिक संकलन गरी सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ ।

ड्रीम्स युनिभर्सल एलएलसी ( Dreams Universal LLC ) द्वारा आयोजना गर्न लागिएको कार्यक्रम केवल फेसन शो मात्र नभई नेपाली कला, संस्कृति, एकता, मानवता र सहयोगको भावना जोड्ने एउटा विशेष अभियान हो। फेसन र संस्कृतिको माध्यमबाट समुदायलाई ऐक्यबद्ध गराउन यो कार्यक्रम गर्न लागिएको कुरा पनि आयोजकले बताए ।
साथै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिदैछ ।






