वर्षको धेरै कमाउने दोस्रो फिल्म बन्दै पेन्सन पट्टा ! दर्शकको माग अनुसार न्युयोर्कमा शो थप ।

न्युयोर्क । नेपाली फिल्म ‘पेन्सन पट्टा’बक्स अफिसमा आक्रामक व्यापार गर्दै ब्लकबस्टर साबित भएको छ। भदौ २६ (सेप्टेम्बर ११) मा रिलिज भएको यस चलचित्रले हालसम्म ९ करोड १३ लाख भन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ।
बक्सअफिस आकडा हेर्दा ९ करोड ३२ लाख लाइफटाइम ग्रस कलेक्सन गर्दै ‘लालीबजार’ दोस्रो स्थानमा छ भने यी दुइ फिल्मबीच जम्मा १९ लाखको मात्र अन्तर छ। चौथों सातामा प्रदर्शनरत ‘पेन्सन पट्टा’ ले दुइ/तीन दिनमै यो रेकर्ड तोड्ने निश्चित देखिन्छ।
साथै नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली दर्शकहरू माझ पनि फिल्मको उच्च माग छ। अक्टोबर ४ र ५ मा न्युयोर्कको क्विन्समा राखिएको दुई शो मै दर्शकको भिड देख्न सकिन्थ्यो । The Palace को हलमा हाउसफुल भएपछि दर्शकहरूको अत्यधिक माग र चासोलाई ध्यानमा राख्दै फिल्मको शोहरू थप गरिएको छ भने अन्य राज्यहरूमा पनि प्रर्दशन गर्न लागिएको छ ।

Advertisment