काठमाण्डौ ४ भदौ ।
अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’को छायांकन सकिएको छ । साउनवाट सुरु भएको फिल्मको छायांकन भदौमा सकिएको अभिनेता त्रिपाठीले इन्ड क्लाप भएको तस्विर सामाजीक संजालमा राखेर छायांकन सकएिको जनाएका छन । फिल्मको छायाँनकन काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका क्षेत्रमा छायांकन भएको फिल्मकी निर्मात्री शर्मिला थापाले जानकारी दिइन् ।
थापाका अनुसार साउन महिनाभरमा फिल्मको छायांकन सक्ने लक्ष्य राखेका थियो केही दिन मात्र ढिला भयो जे होस समयमै सकिएको बताइन् । फिल्म ‘आशा’ नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने छौँ,’ उनले भनिन् । उनका अनुसार फिल्म एउटा परिवारको कथामा बन्नेछ । फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने उनले बताइन् । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।
राजीव गुरुङको निर्देशनमा बन्ने यस फिल्ममा महेश र अञ्जनासहित शुशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, चिराग श्रेष्ठ, काश्वी भण्डारी, कविता रेग्मीलगायतको अभिनय रहनेछ । राजीव गुरुङको लेखन तथा रामकुमार श्रेष्ठको सह(लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउन्ड डिजाइन रहनेछ ।यो फिल्म माघेसंक्रान्तिमा प्रदर्शन हुने जनाइएको छ ।






