नेपाली सांगीतिक बजारमा ” रानिफुलैमा ”म्युजिक भिडियो सार्वजनिक !

जेठ १०,
काठमाडौं । नेपाली गीत संगीतमा एउटा प्रतिभाशाली व्यक्तित्वको रुपमा परिचित सुमधुर स्वरको धनी गायक तथा संगीतकार कमल घर्ती मगर, दीपक घर्ती मगर तथा भ्वाइस अफ नेपाल विजेता गायिका नीता थापा मगर र गायिका सुनीता थापा मगरको स्वरमा सजिएको “रानिफुलैमा” म्युजिक भिडियो सार्वजनिक भएको छ  l


शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियोले एक लाख भन्दा बढी भ्युज बनाईसकेको छ भने (डीजीएम म्युजिक) दीपक घर्ती मगरको अफिसियल युटुब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

संयुक्त रूपमा सिद्धार्थ आले मगर र गायक कमल घर्ती मगरले लेखेको उक्त गीतलाई गायक कमललेनै संगीत गरेका हुन । सो गीतको संगीत संयोजन गायक दिपक घर्ती मगरले गरेका हुन भने मिश्रण / मास्टरिङ रुबिन मगरले गरेको गीतलाई स्टुडियो आरोहमा रेकर्ड गरिएको हो ।


कलाकारहरू अजय पुन मगर, अस्मिता बुढा मगर, दीपक घर्ती मगर र पुष्पा सेन्चुरीको बेजोड नृत्य समेटिएको उक्त गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना (गुरुआमा)ले नृत्य निर्देशन गरेका हुन भने पोस्ट प्रोडक्सन  रीमा फिल्म्सबाट गरिएको छ ।

Advertisment