न्युयोर्कमा क्रियापुत्री भवन–गुम्बा निर्माणका लागि देवी प्रतिभाद्वारा श्रीमद्भागवत कथा वाचन हुने !

न्युयोर्क । अन्तर्राष्ट्रिय प्रसिद्ध धार्मिक कथावाचक देवी प्रतिभा को “देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा २०२६” अन्तर्गत न्युयोर्कमा क्रियापुत्री भवन–गुम्बा निर्माण सहयोगार्थ तीन दिने श्रीमद्भागवत कथा वाचन कार्यक्रम आयोजना हुने भएको छ।
मे १५ देखि १७ तारिखसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रम हामी नेपाली इन्टरनेशनल र रिवेल इभेन्ट्स को आयोजनामा हुने जनाइएको छ भने कार्यक्रम श्री दिव्य धाम वुडसाईडामा आयोजना हुनेछ।


कार्यक्रममा देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचनसँगै भगवद् गीता प्रवचन, भजन संध्या, पूजापाठ तथा आरती कार्यक्रममार्फत भगवान श्रीकृष्णको भक्ति, धर्म र आध्यात्मिक सन्देश प्रवाह गर्नेछिन्।
कार्यक्रम आयोजक सूर्य सिम्खडा का अनुसार कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक एकता, आध्यात्मिक चेतनाको विस्तार तथा क्रियापुत्री भवन–गुम्बा निर्माणका लागि सहयोग जुटाउनु रहेको छ।
कार्यक्रममा समावेश हुने प्रमुख गतिविधिहरू:
मंगल ध्वनि तथा शंखनाद
भक्तजनहरूको सहभागितासहित कलश यात्रा
दीप प्रज्वलन
वैदिक पूजा तथा आशीर्वचन
श्रीमद्भागवत कथा वाचन शुभारम्भ
भक्ति, सेवा र आध्यात्मिक चेतनाको विस्तार सम्बन्धी प्रवचन
पछिल्ला वर्षहरूमा देवी प्रतिभाले नेपाल, भारत लगायत विभिन्न देशहरूमा प्रभावशाली कथा–प्रवचन प्रस्तुत गर्दै हजारौं भक्तजनलाई आध्यात्मिक प्रेरणा दिँदै आएकी छन्।

Advertisment