विश्व पृथ्वी दिवसको अवसरमा क्विन्समा BASE International को सरसफाइ अभियान सम्पन्न ।

न्यूयोर्क । विश्व पृथ्वी दिवस २०२६ को अवसरमा न्यूयोर्कको क्विन्स क्षेत्रमा सरसफाइ तथा वातावरण संरक्षण अभियान सम्पन्न गरिएको छ। Bold Action for Social Education (BASE) International ले Assembly member Steven Raga को कार्यालयसँगको सहकार्यमा तेस्रो वार्षिक “Earth Day of Action” कार्यक्रम आयोजना गरेको हो।


शनिबार आयोजित कार्यक्रममा वुडसाइड, एल्महर्स्ट र ज्याक्सन हाइट्स क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। कार्यक्रममा क्वीन्सभरिका करिब १०० स्वयंसेवक सहभागी भई सडक सरसफाइ, वातावरण संरक्षण तथा सामुदायिक सेवामा योगदान दिएका थिए।
कार्यक्रममा वुडसाइड अन द मुभ, साउथ एसियाली युथ एक्सन, जुनियर चेम्बर इन्टरनेशनल फिलिपिन्स–न्यूयोर्क, NaFFAA न्यूयोर्क च्याप्टर, NYC क्वीन्स कम्युनिटी बोर्ड २, एड्भोकेट न्यूयोर्क च्याप्टर, सिटी मिसन, Asians Fighting Injustice तथा ट्रुप ७७७ एल्महर्स्ट लगायत विभिन्न संस्थाहरूको सहभागिता रहेको थियो।


BASE International का संस्थापक अध्यक्ष दीपक चौधरी, Operations and Administration Lead दाजिमा शेर्पा, Finance and Audit Lead अहसानुर रहमान, Community Engagement and Partnership Lead तोरण गुरुङ तथा सदस्यहरू कृष्ण माया महर्जन र ममता राई कार्यक्रममा सहभागी भएका थिए।
वर्षाको मौसमका बीच पनि स्वयंसेवकहरूले उत्साहपूर्वक सडक सरसफाइ, कम्पोस्टिङ तथा शहरी कृषि सम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा Rusty Wheelbarrow Farm लाई विशेष सहयोग गरिएको थियो। स्वयंसेवकद्वारा सञ्चालन गरिएको उक्त प्यान्ट्री फार्मले स्थानीय फुड प्यान्ट्रीका लागि ताजा तरकारी उत्पादन गर्नुका साथै कम्पोस्टिङ, दिगोपन र शहरी कृषिबारे जनचेतना फैलाउने काम गर्दै आएको छ।


“यो कार्यक्रम एकता र साझा जिम्मेवारीको सशक्त उदाहरण हो,” BASE International का एक प्रतिनिधिले बताएका छन्। “समुदाय र वातावरण संरक्षणका लागि सबै एकजुट भएको देख्न पाउँदा प्रेरणादायी लागेको छ।”
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै साझेदार संस्था, स्वयंसेवक तथा Assemblymember Steven Raga को कार्यालयप्रति BASE International ले आभार व्यक्त गरेको छ। संस्थाका अनुसार संयुक्त प्रयासकै कारण यस वर्षको Earth Day of Action प्रभावकारी र सफल सामुदायिक अभियान बन्न सफल भएको हो।

Advertisment