पोखरा, १९ फागुन
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.०९ पृथ्वीचोक बसपार्कमा लागू औषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध सहित १ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त प्रहरी डिउटी टोलिले लागूऔषध बेलुकाको समयमा शंकित व्यक्तिलाई चेकजाँच गर्ने क्रममा वडा नं. १९ लामाचौर बस्ने वर्ष ३७ को उत्तम भुजेलको साथबाट अवैध लागूऔषध बुर्फिनर्फिन ६० एम्पुल, डाईजापाम ६० एम्पुल र फेनरागन ६० एम्पुल गरी जम्मा १८० एम्पुल र मोवाईल १ थान समेत बरामद गरी निजलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।






