नोभेम्बर २३, न्यूयोर्क ।
अमेरिकाको न्यूयोर्कमा नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसनले संस्थाको स्थापनाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । अमेरिकामा पनि बिभिन्न सरकारी प्रशासनमा काम गरिरहेका प्रहरी,आर्मी र वारूण नियन्त्रण तथा कानुन बिभागमा काम गरिरहेका नेपालीहरूले नेप्लिज अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसन नामक संस्थाको स्थापनाको अवसरमा औपचारिक उद्घाटन कार्यक्रम गरी शनिबार न्यूयोर्कको क्विन्स स्थित गुल्सन टेरेशको हलमा भब्यताका साथ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन अध्यक्ष सोनाम घिसिङ, डा. सुलोचना गुरुङ, कानूनी सल्लाहकार स्टुअर्ट अल्टम्यान,बोर्ड सदस्य न्यूयोर्क प्रहरी सार्जेन्ट विवेक थापा, न्यूयोर्क प्रहरी सहायक प्रहरी अधिकारी विजय राई, न्यूयोर्क बारूण नियन्त्रण निरीक्षक हेमो ओझा, आर्मी राष्ट्रिय गार्ड सार्जेन्ट एट आर्म्स दिलप्रसाद थापा र क्वीन्स बरो जिल्ला अधिवक्ता मेलिन्डा काट्जले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गर्नुभयो भने लगत्तै संस्थाको सपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्दै ”विभिन्न कानुन बिभागको पेशामा आबद्द रहेका नेपाली समुदायका सदस्यहरुलाई एकै ठाउँमा जोड्ने उद्देश्यले र अमेरिकामा बसोवास गरिरहेका नेपालीहरूलाई यस्तो पेशामा प्रोत्साहन गरि नेपालीलाई कुनै पनि कानुन सम्बन्धि <मद्दत गर्ने उद्देश्यले स्थापना गरिएको अमेरिकन ल इन्फोर्समेन्ट एशोशिएसन एउटा विशुद्ध संस्था भएको” संस्थाका अध्यक्ष सोनाम घिसिङले बताउनु भयो ।
यस संस्थाको नौं अौ सदस्य समिति सहितको पहिलो संस्थापक अध्यक्षमा सोनाम घिसिङ, उपाध्यक्षमा शम्सेर खत्री, महासचिवमा रञ्जित गौली, सहसचिवमा लोब्साङ फुन्त्सोक, कोषाध्यक्षमा हेमो ओझा, सार्जन्ट एट आम्र्समा दिल प्रसाद थापा रहेका छन् । भने त्यस्तै कार्यसमिति सदस्यहरुमा सञ्जिप लम्बु, विजय राई, विवेक थापा रहेका छन् भने हाल संस्थामा १ सय जना सदस्यहरु आवद्द छन् भने ४ हजार सपोर्टरहरु जोडिएको एशोशिएसनले जनाएको छ ।