मगर संघ अमेरिकाद्वारा मार्सल आर्ट्स खेलाडी कमलसँग भेटघाट तथा स्वागत कार्यक्रम !

न्यूयोर्क, अक्टोबर / २९ /२०२४

गर संघ अमेरिकाले स्वर्ण पदक विजेता मार्सल आर्ट्स खेलाडी कमल मगरलाई न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, केन्द्रीय मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना र मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगर, लगाएत संस्थाका पदाधिकारीहरूले स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर खेलाडी मगरलाई सम्मान गर्नुभएको थियो ।

अमेरिकाको फ्लोरिडामा भएको मिक्स मार्सल आर्ट्स खेलमा सहभागी हुन अमेरिका आएका मगरले मिक्स मार्सल आर्ट्सको अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोना तर्फबाट २ स्वर्णसहित १ रजत पदक जित्न सफल भएका छन् ।
नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा कमलले पुरुष ब्ल्याक वेल्टको सफ्ट स्टाइल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत जित्न सफल भएका थिए भने, यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कांस्य जितिसकेका छन् ।

Advertisment