गुरुङ समाज अमेरिकाद्वारा साहित्यकार तथा युवा व्यवसायी गौरी तमु र मिन गुरुङसँग भेटघाट तथा अन्तरक्रिया !

न्यूयोर्क, अक्टोबर / २४/२०२४

तमु प्ये लिहु न्यूयोर्क अमेरिका र द गुरुङ (तमु) सोसाईटीले कवि,लेखक, साहित्यकार, (मूलतः गुरुङ जाति ,भाषा र संस्कृति सम्वद्द) गौरी तमु र गुरुङ साहित्यिक मञ्च नेपालका संस्थापक अध्यक्ष, समाजसेवी तथा युवा व्यवसायी मिन गुरुङलाई अमेरिकाको न्यूयोर्कमा स्वागत र सम्मान गर्दै भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

स-परिवार नेपाल बाट अमेरीका भ्रमणमा आउनु भएका गुरूङ परिवारलाई सो अवसरमा तमु प्ये लिहु न्यूयोर्क अमेरिकाका अध्यक्ष तेज गुरूङ र द गुरुङ (तमु) सोसाईटीका अध्यक्ष ओम गुरूङले खादा र माला लगाएर स्वागत गर्नुभएको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै तमुहरु राज्यमा मात्रै नभएर प्रवासमा पनि साहित्यलाई भावी पुस्ताको लागि अगाडि बढाउदै लग्न सकेमा र सबै तमुहरु एक जुट हुन सके प्रगतिको बाटोलाई कसैले रोक्न नसक्ने साहित्यकार तथा समाजसेवी गौरी तमुले बताउनुभयो ।
समाजसेवी तथा युवा व्यवसायी मिन गुरूङले अमेरिकामा पनि व्यवसाय सफल पार्न दत्तचित्त लगानी सँगसँगै नेपाली मौलिकतालाई अगाडि बढाउन सके अमेरीकमा पनि आफ्नो व्यवसायलाई फरक पहिचान दिने गरी कार्य गर्दा सफल हुन सक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा अतिथि जनजाति महासंघ फिप्ना अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहित संस्थाका पदाधिकारीहरूले पनि नेपालबाट आउनुभएका गुरूङ परिवारलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए भने सदस्य एन्सेर्ज गुरूङले कार्यक्रम संचालन गर्नुभएको थियोे ।

Advertisment