पोखरा, २२ भदौ
सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ । नेपाल मगर संघ, कास्कीको संरक्षकत्वमा एसटी क्रियशनको आयोजनामा हुने मिस मगर नेपालको ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको हो ।
निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणको अफिसियल ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ प्रालिका प्रबन्ध निर्देशक फरेन्द्र थापामगर र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । विगत ९ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकका लागि सेवा प्रदान गर्दै आएको लिटिल पोखरा ट्राभल्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट सर्वसुलभ दरमा उपलब्ध गराउँदै आएको छ । छिटो छरितो तथा सहज दररेटका कारण पर्यटक एवं ग्राहकको मन जित्न सफल लिटिल पोखरा ट्राभल्सले विभिन्न टुर प्याकेज समेत सञ्चालन गर्दै आएको छ ।
यसैबीच, मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले आज होटल पोखरा ग्राण्डमा हुँदैछ । ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिनुभयो । टिम संयोजक गर्बुजामगरका अनुसार निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणको मिस मगर नेपालको फिनालेका लागि अन्तिम ११ प्रतिस्पर्धीहरुले प्रशिक्षण लिइरहेका छन् ।
उनका अनुसार भोलि हुने मिस मगर नेपालको सातौं संस्करणको फिनालेमा खुस्माका नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको समेत सहभागिता हुनेछ । अशोक थापा मगरले निर्माण गरेको चलचित्र खुस्मा असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी अनुसार आज हुने मिस मगर नेपालको फिनालेमा उनीहरुले रुकुम मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् ।
एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो । मिस मगर नेपालका टिम संयोजक गर्बुजामगरका अनुसार अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ ।
सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बागलुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टिना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् ।
उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् । सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आईवा एजुकेशन कन्सलटेन्सी, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, हरिनास गाउँपालिका, स्याङ्जा, लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट प्रालि, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउञ्ज, मुग्लान रेष्टुरेन्ट लगायतको सहयोग रहेको छ ।
यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को फिनाले पोखरा ग्राण्ड होटलमा आज शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ ।
मिस मगर नेपालको ट्राभल पार्टनरमा “लिटिल पोखरा ट्राभल्स”, ग्राण्ड फिनाले आज
२२ भाद्र २०८१, शनिबार
9
Advertisment